८ साउन रौतहट । रास्वपा सांसदलाई कालो मोसो दलिएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालो मसी दलेर दुर्व्यवहार गरिएको छ । गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ुजनतासँग भेटघाट कार्यक्रमु सकेर फर्किरहेका बेला हिजो राति मास्क लगाएको २–३ जनाको समूहले सांसद पौडेलमाथि कालो मसी दलेर फरार भएको हो ।
सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको थियो । फर्किने तयारीमा रहेका बेला पछाडिबाट आएका व्यक्तिहरूले चिनजानको मान्छेले अँगालो हालेझैँ गरी उनको ढाडमा कालो मसी दलेर भागेका थिए ।