कन्चनपुर ४ साउन । च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका भीमदत्त नगरपालिका(१९, बागफाँटाका १४ जना महिला सम्पर्कमा आएका छन्।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उनीहरू सबै सम्पर्कमा आएको जानकारी दिनुभयो ।
आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहानैदेखि उनीहरूको खोजी गरिरहेको थियो । खोजीकै क्रममा उनीहरू सम्पर्कमा आएको प्रजिअ कोइरालाले बताउनु भयो ।