१८ जेठ काठमान्डौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सनासमेत गरिएको छ ।