७ जेठ रुकुम पश्चिम । बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाकोसानीभेरी गाउँपालिका वडा नं १ का ती व्यक्तिले नाताले बुहारी पर्ने महिलालाई पटक पटक बलात्कार र ज्यान मार्ने धम्की दिएको भन्दै हाडनाता जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको हो।
अभियोगपत्रमा उल्लेख भए अनुसार, पीडित महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि भारत गएको भोलिपल्टैदेखि जेठाजु प्रतिवादी ले उनलाई यौन शोषण गर्न सुरु गरेका थिए।पहिलो पटक २०८२ साल पुस १३ गते राति करिब ९ बजे पीडित सुतिरहेको कोठामा पसी डर त्रास देखाई पहिलो पटक करणी गरेका थिए।त्यसपछि पुनः २०८३ साल वैशाख ७ गते दिउँसो १२ बजेको समयमा पीडित महिला आफ्नो घर नजिकैको खर कान्लोमा घाँस काटिरहेको अवस्थामा प्रतिवादीले पछाडिबाट आई जबरजस्ती भुइँमा पछारेर दोस्रो पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।