४ जेठ बर्दिया । बर्दिया प्रहरीले एक महिनाको अवधिमा ३३ जनालाई लागु औषध सहित पक्राउ गरेको जनाएको छ । महिना भरि ३ सय ७ ग्राम २ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित ३३ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ४ सय ८२ सवारी साधनलाई कारवाही गरी ४ लाख ६० हजार राजश्व संकलन गरिएको बैशाख महिनाको प्रगतिमा जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।