कोसी सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट, विपक्षी गठबन्धनलाई बहिष्कार

कोसी सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट, विपक्षी गठबन्धनलाई बहिष्कार

शुक्रवार, १ असार, २०८०

विरटनगर,

भर्खरै अल्पमतमा परेको एमाले–राप्रपा सहभागी कोसी प्रदेश सरकारले विपक्षी गठबन्धनलाई बहिष्कार गर्दै बिहीबार आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको सभा हलमा ३६ अर्ब ३४ करोड २४ लाख १० हजारबराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । चालू आवभन्दा ९%ले घटाएर बजेट ल्याइएको छ ।

बजेट प्रस्तुत कार्यक्रममा सत्ताधारी दलका मन्त्री र सांसदहरू उपस्थित भए पनि विपक्षी गठबन्धन दलका सांसदहरू उपस्थित भएनन्न् । कुल विनियोजित बजेटमा चालू ख-र्च १४ अर्ब ६२ लाख ६६ हजार र पुँजीगत खर्च १८ अर्ब २३ लाख ५२ हजार छ । चालूतर्फ दुई अर्ब संघीय अनुदान छ ।
प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक राजस्व चार अर्ब ६८ करोड ७५ लाख ५० हजार संकलन गर्ने अनुमान गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँटतर्फ ११ अर्ब ६४ करोड ८१ लाख प्राप्त गर्ने उल्लेख छ । यसैगरी, संघबाट वित्तीय समानीकरण अनुदानमार्फत आठ अर्ब ७८ करोड ३८ लाख, ससर्त अनुदान पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड र विशेष अनुदान ७६ करोड प्राप्त गर्ने बताइएको छ ।