प्रचण्ड र मोदीबीच सीमा विवादबारे छलफल , माेदी भन्छन : ‘वार्ताका माध्यमबाट सीमा विवाद समाधान हुन्छ’

789Shares
प्रचण्ड र मोदीबीच सीमा विवादबारे छलफल , माेदी भन्छन : ‘वार्ताका माध्यमबाट सीमा विवाद समाधान हुन्छ’

बिहिवार, १८ जेठ, २०८०,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल–भारत सीमा समस्याबारे छलफल भएको छ ।

बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए ।

‘हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्याउनका लागि काम गरिरहनेछौं । यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गछौं । वार्ताका माध्यमबाट सीमा विवाद समाधान हुन्छ,’ सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए ।

‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्यौं। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’ प्रचण्डले भने ।

नेपाल र भारतबीच लिपुलेक–लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ ।