साेमबार ,१५ जेठ, २०८०,
काठमाडौं,
नेपाल सरकारका अर्थ मन्त्री डा प्रकाशसरण महतले आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गरेका छन् । बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।
थप चारमा विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीको दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंको सूवर्णशमसेर क्रिकेट रङ्गशाला परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो । सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एसोसिएट सदस्यता पाएपछि सो मैदान बनाएको थियो ।