साेमबार ,१५ जेठ, २०८०,
काठमाडौं,
नेपाल सरकारका अर्थ मन्त्री डा प्रकाशसरण महतले आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बिनियोजन गरेको जानकारी दिए ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमा ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।
गत वर्षको भन्दा सामाजिक सुरक्षाको शीर्षकमा २३ अर्व बढी रकम छुट्ट्याएका छन् । चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।