म्यानचेस्टर सिटीले जित्याे युरोपेली च्याम्पियन्स लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्याे युरोपेली च्याम्पियन्स लिगको उपाधि

आइतवार, २८ जेठ २०८०

काठमाडाैं,

म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । यससँगै पेप ग्वार्डिओलाको सिटीले एकै सिजन तीन ठूला उपाधि चुमेको छ ।

बर्नार्डो सिल्भाले बनाएको अवसरमा रोड्रीले ६८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । सिटीले यसअघि इंग्लिस प्रिमियर लिग र एफएकप जितेको थियो । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले एकै सिजन तीन उपाधि जितेयता सिटीले अहिले त्यस्तै उपलब्धी दोहराएको हो ।
प्रशिक्षक ग्वार्डिओला तेस्रो पल्ट च्याम्पियन्स लिग जित्न पनि सफल रहे ।

यसअघि उनले बार्सिलोनाका लागि यो उपाधि जितेका थिए । इंग्लिस फुटबलमा लगातार वर्चश्व कायम गरेयता सिटीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको हो