नेपाल–जापान द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक टोकियोमा सम्पन्न भएको छ

780Shares
नेपाल–जापान द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक टोकियोमा सम्पन्न भएको छ
नेपाल–जापान द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक मंगलबार जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ ।
भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै दुई देशबीचको सहकार्यलाई थप प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको टोकियोस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई देशबीचको विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धमा सन्तोष व्यक्त गर्दै दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप अद्यावधिक र सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई उच्च महत्व दिएका छन् ।
दुई पक्षबीच व्यापार, पर्यटन, लगानी, कृषि, फोहोरमैला तथा विपद् व्यवस्थापन, वैदेशिक रोजगारी, संस्कृति र जनताबीचको सम्बन्धका क्षेत्रमा नेपाल–जापान सहयोग अभिवृद्धि गर्ने विभिन्न उपाय र उपायबारे छलफल भएको थियो ।