सानेपामा कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

48Shares
सानेपामा कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

बुधबार, ३ साउन, २०८०,

काठमाडौं,

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट सुरु भएको छ । सभापति शेरबहादुर देउवाले दोस्रो दिनको बैठक सुरु भएको बताएपछि नेताहरूले धारणा राख्न थालेका छन् ।

मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ बैठकमा पेस गरेका थिए । यस्तै महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा’ कार्यतालिका पेस गरेका थिए ।
यस्तै बैठकमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिका तर्फबाट प्रतिवेदन पनि पेस गरेका थिए भने केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले अनुशासन उजुरीबारे जानकारी गराएका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदका कामकारबाहीबारे जानकारी गराए भने आजको बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारबारे बिफ्रिङ गरेका थिए । त्यसमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।