कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट, एजेण्डा छनोट गर्न पदाधिकारी, पूर्वपदाधिकारीहरूअनौपचारीक बैठमा

762Shares
कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट, एजेण्डा छनोट गर्न पदाधिकारी, पूर्वपदाधिकारीहरूअनौपचारीक बैठमा

बुधबार, २७ असार, २०८०,

काठमाडौं,

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार दिउँसो एक बजेबाट पार्टी कार्यालय सानेपामासुरू हुँदैछ । आजबाट सुरू हुने केन्द्रीय समितिको बैठकको एजेन्डाबारे छलफल गर्न कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक बस्दैछ ।

पदाधिकारी, पूर्वपदाधिकारीको अनौपचारिक बैठक बसेर एजेन्डा तयार गर्ने र केन्द्रीय समितिको बैठकमा पेश गर्ने कार्यसूची रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।

एक सातासम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका गतिविधि, भ्रातृ संगठनहरूको अवस्थाबारे छलफल हुने बताइएको छ ।

गत असार २० गते देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी जुटेको थियो ।

कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो ।

विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ । केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो ।

यसैबीच असार २१ र २२ गते जिल्ला सभापतिहरूको बैठक पनि भएको थियो । बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धतासमेत गरेको थियो ।