भरतको पञ्चायत चुनावमा सरकारले गर्यो १६ जनाको हत्या

795Shares
भरतको पञ्चायत चुनावमा सरकारले गर्यो १६ जनाको हत्या

आइतबार, २४ असार, २०८०,

काठमाडौं,

भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा भड्किंदा अनियन्त्रीत हुँदा १६ जना नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अलग–अलग पार्टीका कार्यकर्ताहरु छन् । हिंसामा सबैभन्दा धेरै त्रिणमुल कांग्रेस (टीएमसी)का १० जनाको मृत्यु भएको छ । भारतीय जनता पार्टी (भाजपा)का ३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का ३ जनाको मृत्यु भएको छ । हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् ।

शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा भारत सरकारले एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बम विष्फोट, गोली हानाहान, बुथमा तोडफोड र मतपेटिका लुटपाट हुँदा सुरक्षाकर्मी निरीह जस्तो देखिएका थिए ।

यसअघि सन् २०१८ मा पनि पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा हुँदा १० जनाको ज्यान गएको थियो ।

हिंसाका बीच शनिबार साँझ ५ बजेसम्म करिब ६६.२८ प्रतिशत मतदान भएको थियो । चुनावको नतिजा ११ जुलाईमा घोषणा हुनेछ ।