गृहमन्त्री श्रेष्ठ भन्छन् भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान हुँदा आफू पनि पर्ने भयले केही तर्सिएका छन् ,तर सरकारले कसैलाई छोड्दैन ।

81Shares
गृहमन्त्री श्रेष्ठ भन्छन् भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान हुँदा आफू पनि पर्ने भयले केही तर्सिएका छन् ,तर सरकारले कसैलाई छोड्दैन ।

बिहिवार, ३२ जेठ, २०८०

काठमाडौं,

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान अघि बढेको र थप अनुसन्धानबाट दोषीहरूमा आफू पनि समातिने त्रास बढेको, तर सरकारले कसैलाई नछाड्ने बताए ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिमा बुधबार सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले प्रहरीले स्वतन्त्र, निष्पक्ष छानबिन र अनुसन्धानको प्रक्रिया अगाडि बढाएर त्यससम्बन्धी अनुसन्धानका क्रममा दोषी देखिएकालाई अभियोजनको प्रक्रियामा अदालतमा पु¥याएको उल्लेख गर्दै उनले थप अनुसन्धान गर्ने क्रम पनि जारी रहेको बताए ।

जो–जो दोषी छन्, अपराध कर्ममा संलग्न छन्, तिनीहरूमा अब सरकारले छोड्दैन भन्ने परेको छ भने ठीक हो । तर, निर्दाेष कोही आतंकित हुनुपर्दैन, कोही निर्दाेष फस्ने छैन । उनले भने ।

सांसदहरूले राष्ट्रिय सुरक्षा नीति, २०७५ सार्वजनिकको विषयमा उठाएका प्रश्नमा उनले भने ‘परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिमा एकरूपता हुनुपर्छ । यसमा हामीले बारम्बार जोड दिइरहेका छौँ । पार्टीगत स्वार्थ र हितका आधारमा बोल्नु, आलोचना गर्नु वा व्यवहार गर्नु उपयुक्त छैन । यसले राष्ट्रिय सामूहिकता, हित र सुरक्षालाई कमजोर पार्छ । स्वतन्त्र परराष्ट्र नीति अवलम्बन, छिमेकी राष्ट्रसँग असल सम्बन्ध, राष्ट्रिय सुरक्षा प्रवद्र्धन यसका लागि देशभित्र राष्ट्रिय सहमति र एकता सरकारले केन्द्रमा राखेको छ र प्रतिबद्ध छ,’

गृहमन्त्री श्रेष्ठले सरकारले छिटोभन्दा छिटो संविधानले दिएको हकअनुसार कानुन बनाएर नागरिकता दिनुपर्नेमा अदालतले भनेको मान्नुपर्ने अवस्था आएको बताए । अदालतले यो अप्ठेरो बुझिदिनुपर्ने उनको भनाइ थियो । नागरिकले धेरै पीडा पाएकाले अदालतले छिट्टै आवश्यक निर्णय गर्ने आशा उनले व्यक्त गरे ।