देउवा भन्छन् मैले पार्टीलाईठुलो बनाएँ, अव पालो युवाको

48Shares
देउवा भन्छन् मैले पार्टीलाईठुलो बनाएँ, अव पालो युवाको

आइतवार, २१ जेठ, २०८०,

काठमाडाैं,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने र पार्टीलाई बलियो बनाउने गरी काम गर्न कसैलाई नरोकेको बताउँदै बताएका छन् ।

शनिबार कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको र अब युवा पुस्ताकै पालो भएको प्रस्ट पारे ।

‘गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गनुहुन्छ ? अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइसकेँ । अब त मैले सहयोग मात्र गर्छु पार्टी सभापति हुन्न,’ देउवाले भने ।

देउवाले कांग्रेसलाई अहिले आफूले देशको ठूलो पार्टी बनाएको दाबी गरे । ‘सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ बलियो बनाउनुछ,’ उनले भने, काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् ।’