आइतबार ,१४ जेठ, २०८०,
काठमाडौं,
आइतबार काठमाडौंको माइतीघर मण्डलमा कोशी प्रदेशको विरोधमा प्रदर्शन गरिएको छ ।
पहिचान आन्दोलनका पक्षधर सर्जकहरूको अगुवाइमा आज कोशी प्रदेशको राजधानी बिराटनगरमा पहिचानबादी आन्दोलनकर्मीहरुमाथि भएको दमनको विरोध र कोशी प्रदेश नामकरण सच्याउनुपर्ने र पुनःनामकरणको माग सहित विभिन्न साँस्कृतिक विरोध कार्यक्रम भएको हो ।
पुनःनामकरणको माग गर्दै कोशी प्रदेशमा पनि पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । उनीहरूले पहिचानका आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग गरिरहेका छन् ।