भ्रष्टाचारविरुद्धको लडाइँमा प्रचण्डलाई जनयुद्दकाे झझल्काे

765Shares
भ्रष्टाचारविरुद्धको लडाइँमा प्रचण्डलाई जनयुद्दकाे झझल्काे

शनिबार, १३ जेठ, २०८०,

काठमाडाैं,

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको र अव ’ठूल–ठूला एक्सन’ हुन लागेको दाबी गरेका छन् ।
प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भने ’यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान छैन ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरे ।

प्रधानमन्त्री दाहालले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताए । उनले भने, ’संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिस्टको सभा रहेनछ । विचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ ।’
त्यो एक्सनले पार्ने तरंग

पनि ठूलठूलो हुने उनको भनाइ छ । अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकलल्प नभएको उनले बताए ।