२३ बैशाख काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन्। यो ट्रेलर मात्रै हो अब फिल्म सुरु हुने बताए ।
ने क पा ( माओवादी केन्द्र ) को ज ब स नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिए । आज तपाईँहरूले देखिरहनुभएको छ । यो ट्रेलर मात्रै हो । हेर्दै जानुहोस् सिङै फिल्म देखिन्छ ।’
कुनै पनि दवाब सहने पक्षमा छैन भन्दै उनले भने ‘त्यसपछि पक्कै पनि ठूलो घेराबन्दी, दबाब, धम्की होलान् । धेरै चिज हुनसक्छ यो बीचमा । तर जनता साथमा भयो भने जतिसुकै ठूला धम्कीको पनि सामना गरिने छ ।’