२३ बैशाख , काठमाडौं – मार्क्सवादी ज्ञान केन्द्रले शनिबार बिहान आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो कुरा सुन्न कोहि तयार नभएको बताएका छन ।
मुलुक आर्थिक रुपमा कमजोर हुँदै गइरहेको , अनुत्पादक क्षेत्रमा लगानी भैरहेको परिस्थितिमा नयाँ योजना सहित दुई अंककाे आर्थिक वृद्धि आवश्यक हुने कुरा औल्याएका छन ।
आगामी आ. व को बजेट निर्माणको पुर्वसन्ध्यामा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै पुर्व प्रधानमन्त्री समेत भैसकेका डा भट्टराईले ‘ म प्रतिनिधि सभामा हुदा पनि आर्थिक वृद्धि हासिल गर्ने उपाय भन्ने गरेको छु । अहिलेको प्रधानमन्त्री क प्रचण्ड सङ्ग पनि भनिरहेको छु । म अर्थ मन्त्री हुदा ल्याएको नवीन योजना बाहेक अहिले सम्म नयाँ केही पनि छैन । कसरी बन्छ मुलुक ? पदिय भागबन्डा , कहिले को प्रधानमन्त्री हुने जस्ता कुराले प्राथमिकता पाउने तर उत्पादन क्षेत्रमा लगानी वृद्धि गरौ भन्दा कोहि नसुन्ने ‘ भनी गुनासो गरेका छन ।
उनले एक प्रसङ्गमा भने ‘ केही नहुने भन्ने निराशा मात्र बाड्याे नभन्नुहोला । परिस्थिति त्यस्तै निर्माण भएको छ । हामिले आशा पनि गर्नु छ । बहसको थालनी गरौ । सम्भव छ , गर्न सकिन्छ । तर त्यो चेत हुनुपर्यो ।’