काठमाडौं , प्रचण्ड सरकारलाई दिएको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीले फिर्ता लिने निर्णय गरेको छ।शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रा स्व पा को केन्द्रिय समिती र दलको संयुक्त बैठकले सरकारमा पनि नजाने समर्थन पनि फिर्ता गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए ।उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’
आफुले मागे जस्तो आकर्षक मन्त्रालय नपाउने भए पछि उक्त पार्टीले सो निर्णय गरेको बताइएको छ ।