युक्रेनमा भीषण आक्रमण कम्तीमा २२ जनाको मृत्यु

युक्रेनमा भीषण आक्रमण कम्तीमा २२ जनाको मृत्यु

२० जेठ काठमाडौँ । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको मृत्यु भएको छ भने राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् । उद्धारकर्मीहरूले भग्नावशेषबाट एक तीन वर्षीया बालक, एक महिला र उनका आठ वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन् । विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । ।