अस्थिर सरकार संचालनको अवस्था अन्त्य गरौं : महासचिव पोखरेल

अस्थिर सरकार संचालनको अवस्था अन्त्य गरौं : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको बहसमा सामेल  हुन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ, आउनुहोस् छलफल गरौँ।’ महासचिव पोखरेलले २०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र नभई विदेशी लगानीका कथित विचारले सिर्जित सामाजिक अराजकता पनि रहेको टिप्पणीसमेत गरेका छन्।

उनको यो आशयले नेपालको अहिलेको अवस्था लाई परिवर्तन गर्नु पर्ने , ध्रुवीकरण तर्फ जानू पर्ने , वस्तुगत परिस्थिति अनुसार पार्टीहरुले कार्यक्रम बनाउनु पर्ने संदेश दिएका हुन ।