एमाले सचिव रायमाझी सम्पर्क बिहिन

33Shares
एमाले सचिव रायमाझी सम्पर्क बिहिन

काठमाडौं , नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका रायमाझी , जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्क बिहिन भएका हुन ।

बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्राेतले बताएकाे छ । रायमाझीले भैरहवाबाट काठमाडाैं आउन बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे बुझिएकाे छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

उनी बुधवार बेलुका नै काठमाडौं पुग्ने कार्यक्रम बनेको थियो । ‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएकाे छ । माेबाइल पनि अफ गरिएकाे छ’, प्रहरी स्राेतले भन्याे, ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेकाे छ ।’