काठमाडौं , सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मिटरब्याजीसँग सम्बन्धित समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको उनले बताइन् ।
मिटरब्याज संघर्ष समितिले भने अध्यादेश कस्तो प्रकृतिको आउआउछ ? आयोगलाइ अख्तियार दिने गरि आउँछ कि कसरी आउँछ त्यो हेरेर मात्र आन्दोलन स्थगित गर्ने वा नगर्ने निर्णयमा पुग्ने समितिका प्रवक्ता निर्ग जैसी ले बताए ।