राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेका निजि चालक दिल बहादुर थापा को उपचारको क्रममा निधन भएको छ ।चितवनस्थित घरको छतबाट खसेर घाइते भएका चालकको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो ।
वैशाख ४ गते बिहान ४ बजे घरको छत बाट खसेर सख्त घाइते भएका शम्भु भनेर चिनिने थापाको घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ मा हो ।उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।दिमागले कुनै पनि काम नगरी रहेको अवस्थामा रहेका थापाको स्वास्थ्यमा केही दिनअघि सुधारका संकेत देखिए पनि शुक्रबारदेखि उनको अवस्था पुन: गम्भीर बनेको थियो । ‘ब्रेन डेथ’को अवस्थामा रहेका थापाको मंगलबार दिउँसो करिब २ बजे निधन भएको हो ।
दुर्घटनामा परी निधन भएका कारण ड्राइभर थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ । घटना के कसरी भएको हो भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।