काठमाडौं , अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ने क पा ( एमाले )अध्यक्ष के पि शर्मा ओलीले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको टिप्पणी गरेका हुन्। ओलिले राजतन्त्र पक्षधर प्रती यस्तो कटाक्ष सहित आक्रोश पोखेका हुन ।
उनले दलालहरूले पनि राजतन्त्र मान्ने गरेको आरोप लगाए। ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्,’ ओलीले भने।’राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’
ओलीले केही समय अघि हिमानी शाहको फेक ट्वीटर ह्यान्डलमा उल्लेख गरेका विषयबस्तुप्रति पनि कटाक्ष गरेका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘छोराबुहारीलाई ठिक ठाउँमा राख्न’ पनि आग्रह गरेका थिए। रा प्र पा ले भने हिमानी ले टुइटर नचलाउने प्रष्ट पारेको छ ।