प्रचण्डले आफुले सरकारको नेतृत्व सम्हाल्दा नै यो तेस्रो कार्यकाल आफुले केही गर्ने हुटिहुटि भएको भन्ने गरेका थिए । यो चार महिनामा उनको उल्लेख्य कामहरु भएका छन ।
- इतिहासमै पहिलोपटक समयअगाडि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्।
- सरकारी अस्पतालको सेवा र गुणस्तरमा सुधार ल्याइएको छ।
- गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय भई काम सुरू भएको छ।
- भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिई निर्माण कार्य अगाडि बढ्दैछ।
- नेपाल सरकारको एकीकृत कार्ययोजना तयार भई कार्यान्वयनमा गएको छ।
- चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ।
- पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमास्थल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
- भरतपुर विमास्थलको स्तरोन्नति गर्ने काम अगाडि बढाइएको छ।
- वैदेशिक रोजगारीमा फसेका र अलपत्र परेका सयौँ नेपालीको उद्दार गरिएको छ।
- सीमानाकामा खाद्यवस्तुको विषादी परीक्षण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।
- विदेशी अनुदान र सहायतामा सुधार आएको छ। प्रतिवद्धताअनुसार लगानी जुट्दैछ।
- पेट्रोलियम पदार्थको मूल्य स्थीर राख्न र सम्भव भएसम्म घटाउन पहल गरिएको छ।
- किसानको हितलाई केन्द्रमा राखी दूधको मूल्य समायोजन गरिएको छ।
- पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क उपचारको प्रबन्ध मिलाइएको छ।
- राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न ७७ वटै जिल्लामा ८३० वटा स्टेशन सञ्चालन गरिएको छ।
- विभूषणलाई मर्यादित एवं व्यवस्थित बनाउन एक उच्चस्तरीय समिति गठन गरिएको छ।
- रोकिएको घरजग्गा कारोबार फुकुवा गरी अर्थतन्त्र चलायमान गराइएको छ।
- विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार र प्रोत्साहन गरिएको छ।
- मिटरब्याजीका समस्या समाधानार्थ उच्चस्तरीय आयोग बनाई काम सुरू गरिएको छ।
- भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिई निर्माण कार्य अगाडि बढ्दैछ।
- नेपाल सरकारको एकीकृत कार्ययोजना तयार भई कार्यान्वयनमा गएको छ।
- चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ।
- बैंकको ब्याजदरमा सुधार आएको छ। लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ।
- राजस्व संकलनमा वृद्धि भएको छ। चोरी निकासी नियन्त्रण भएको छ।
- विदेशमा रहेका १५ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ।
- विदेशस्थित नेपाली दुतावासहरूमा श्रमिक हेल्प डेस्क रहने व्यवस्था गरिएको छ।
- राहदानी नवीकरण विदेशबाटै गर्न सकिने भएको छ। प्रदेशबाटै श्रम स्वीकृति लिन सकिने भएको छ।
- श्रम स्वीकृति दिन २ वर्षे विद्यमान प्रावधानलाई हटाई कार्यसम्झौताको आधारमा पूरै कार्य अवधिको लागि दिने व्यवस्था गरिएको छ।
- यात्री लगायत नेपालमा उत्पादित सवारीसाधनको दर्ता र प्रवर्धनको काम भइसकेको छ।
- विदाका केही दिनमा समेत कार्यालय सुचारू गर्ने निर्णय लागू भइसकेको छ।
- पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिने ठाउँका लामा–लामा लाइन हटेका छन्, सेवा चुस्त भएको छ।