काठमाडौ , एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट लिएका छन् ।टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् ।केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरे ।
वर्षाका कारण खेल अहिले स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । सोमपालले परविन्दर कुमारलाई आउट गरे ।
खेल वर्षाका कारण स्थगित भएको थियो । त्यतिबेला नेपालले २३.२ ओभर खेलिरहेको थियो । पानी पर्न रोकिए पछि एक दिवसीय खेल लाई ४२ ओभरमा घटाइएको थियो । पानी रोकिएन भने ODI नियम आनुसार निर्णय हुन सक्छ ।