बलात्कारको आरोपमा बर्दियाका हेमन्त परियार बाँकेमा पक्राउ

बलात्कारको आरोपमा बर्दियाका हेमन्त परियार बाँकेमा पक्राउ

२९ कात्तिक बाँके। बलात्कारको आरोपमा बाँकेमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–२, पिपल चौताराका २२ वर्षीय हेमन्त परियार छन् ।

१७ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार कात्तिक २७ साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।परियारले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।