२८ कात्तिक बर्दिया ।वर्दियामा फोर्स गाड़ी र मोटर साइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बर्दियाको गुलरिया बाट नेपालगञ्ज तर्फ जादै गरेको बा ५ ख ५६०५ नम्बरको मिनि फोर्स गाडी र बिपरित दिशावाट आउदै गरेको CHO1CM9437 नं.को भारतिय मोटर साइकल गुलरिया नगर पालिका ११ लालपुर मा ठोकिदा मोटर साइकलमा सवार बाँके राप्ती सोनारी गाउँ पालिका ५ चिल्लरीया निवासी ५५ वर्षिय दल बहादुर खत्रि र मोटर साइकल चालक ३० वर्षिय हुकुम बहादुर खडी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले जानकार दिनुभयो । उहाका अनुसार फोर्स गाडीमा रहेका यात्रु मध्ये १७ जना सामान्य घाइते भएका छन ।