पोखरा एनपीएलको प्लेफअफ दौडबाट बाहिरियो

पोखरा एनपीएलको प्लेफअफ दौडबाट बाहिरियो

२६ कात्तिक काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग एनपीएल को प्लेअफ दौडबाट बाहिरिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखराको प्लेअफ यात्रा समाप्त भएको हो ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरका लागि अन्तिम समयमा ब्याटरहरूले संयमित प्रदर्शन गर्दै टोलीलाई जित दिलाए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो ।यो हारसँगै पोखराले ६ खेलबाट २ अंक मात्रै जोडेको छ । टोलीले यसअघि पाँच खेलमध्ये एकमा मात्रै जित निकालेको थियो ।