फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

३ कात्तिक सुर्खेत। सुर्खेतमा भएको फोर्स गाडी दुर्घटनामा परी ९ जना घाइते भएका छन । पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।

कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार, उनका अनुसार गाडीमा २१ जना सवार थिए।