देश अस्तव्यस्त अवस्थामा छ : पूर्वराजा ज्ञानेन्द्र

देश अस्तव्यस्त अवस्थामा छ : पूर्वराजा ज्ञानेन्द्र

३० असोज काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त रहेको बताएका छन् ।दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको बताएका छन् ।

भोटेकोसी बाढीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगिने गरी कूटनैतिक चातुर्यता अपनाउन पनि उनले सुझाव दिएका छन् ।