२८ असोज काठमाडौँ । आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्ने क्रममा फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ ।मंगलबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दोस्रो हाफको सात मिनेटभित्र तीन गोल गर्दै शानदार जित निकालेको हो ।आर्सनलका लागि जुरियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टिम्बरले ६० मिनेटपछि गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
त्यसपछि एजेले साकाको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । साकाले काई हाभर्ट्जको पासमा तेस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।