रणवीर कपूरको रामायण झन्डै ४० भाषामा प्रदर्शन हुने

रणवीर कपूरको रामायण झन्डै ४० भाषामा प्रदर्शन हुने

२७ असोज काठमान्डौं ।बलिउड अभिनेता रणवीर कपूर अभिनीत बहुप्रतीक्षित फिल्म रामायणुलाई विश्वभर झन्डै ४० भाषामा प्रदर्शन गर्ने तयारी गरिएको छ। यो फिल्मलाई विश्वका विभिन्न भाषाका दर्शकमाझ पुर्‍याउन निर्माण पक्षले ठूलो योजना बनाएको हो।

नितेश तिवारी निर्देशित रामायणमा रणवीर कपूर भगवान् रामको भूमिकामा छन्। साई पल्लवी सीता, यश रावण, सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा छन्।नमित मल्होत्राले निर्माण गरेको यो फिल्म दुई भागमा तयार हुँदैछ। यसको पहिलो भाग सन् २०२६ नोभेम्बर ५ कात्तिक १९ मा विश्वव्यापी प्रदर्शन गर्ने घोषणा गरिएको छ। दोस्रो भाग भने सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने योजना छ।