२७ असोज काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानमाथि सहज जित निकालेको छ ।नेपालले ओमानलाई ११३ रनले हराएको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३९.६ ओभरमा १५० रनमै अलआउट भयो ।कप्तान विनायक शुक्लाले ७७ रनको तारिफयोग्य इनिङ्स खेलेपनि टोलीलाई माथि उकास्न सकेनन् । यस्तै, जय ओडेद्राले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए
।ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक सफलता हात पारे ।त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो ।