भारतमा विरोध प्रदर्शनका लागि नयाँ स्थल

भारतमा विरोध प्रदर्शनका लागि नयाँ स्थल

२७ आश्विन काठमान्डौं । भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थान तोकेको छ ।प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ ।

मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा कथित अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो ।