काठमान्डौमा प्रहरीले गोली चलायो

काठमान्डौमा प्रहरीले गोली चलायो

२२ असोज काठमाडौँ । लुटपाटमा संलग्न व्यक्ति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियोे ।त्यसक्रममा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताए ।प्रहरीले त्यहाँबाट लुटपाटमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको घिमिरेले बताए ।

घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।