सल्यानमा एक १४ वर्षिया बालिकाको मृत्यु

सल्यानमा एक १४ वर्षिया बालिकाको मृत्यु

२१ असोज, सल्यान । सल्यानमा एक १४ वर्षिया बालिकाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका २ दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर १४ वर्षीया बालिकाको मृत्यु भएको हा।

छत्रेश्वरी गाउँपालिका २ दहगाउँ निवासी जिबराज वलीकी छोरी प्रमिला वली मंगलबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा बाटोबाट करिब २५० मिटर तल खसेकी थिइन्।अचेत अवस्थामा फेला परेकी वलीलाई उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।जनता माध्यमिक विद्यालय गुरासेमा कक्षा १० मा अध्ययनरत वलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए ।