रुकुम पश्चिममा बाढी, क्षतिको विवरण आउन बाँकी

रुकुम पश्चिममा बाढी, क्षतिको विवरण आउन बाँकी

२० असोज, रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर , गोठ तथा पानी घट्ट बगाएको छ ।जिल्लाको सानीभेरी गाउँपालिका १० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको हो ।बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको छ ।

राति साढे ८ बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्वन खड्काको घर बगाएको छ । ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार घर छाडेर सुरक्षित स्थान गएर बसेका थिए ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीले केही क्षति गरेको भन्ने जानकारी पाएको बताए ।

फोटो एआई बाट निर्माण गरिएको