२० असोज काठमान्डौ । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्डहल निर्माण गर्ने भएको छ ।
सो कार्य अघि बढाउन शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेप बीच समझदारीपत्र एमओयू मा हस्ताक्षर भइसकेको जानकारी दिए ।सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले यो परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार, प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनोट गरिएका २७ वटा क्रिकेट र फुटबल मैदानका साथै कभर्डहलहरू निर्माण गरिनेछ ।पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा गरिएको छ ।