श्रमसम्बन्धी विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धी विवाद समाधान गर्दै श्रम कार्यालय

१७ असोज बाँके । श्रम कार्यालय नेपालगन्जले श्रमसम्बन्धी कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ । श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको श्रम कार्यालय नेपालगन्जका प्रमुख पिन्टुकुमार रजकले जानकारी दिए ।

उहाँका अनुसार, गत आर्थिक वर्ष २०८२= ०८३ मा कार्यालयमा परेका श्रमसम्बन्धी ४० उजुरीमा ३० वटा उजुरी फर्छ्यौट भएका छन् भने बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको छ । श्रमसम्बन्धी विवाद समाधान तथा कानुन कार्यान्वयनका लागि कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही गर्दै आएको छ ।