१६ आश्विन बर्दिया । बर्दियामा च्याउ खाएर एकै परिवारका चार जना बिरामी भएका छन् ।बर्दिया प्रहरीका अनुसार विषाक्त च्याउ खाएका
गुलरिया नगरपालिका ३ खैरीका एकै परिवारका चार जना बिहीबार बिरामी भएका हुन् ।

गुलरिया नगरपालिका ३ खैरीकी ३८ वर्षीया रिता गोडिया, २० वर्षीया आशा गोडिया, ३१ वर्षीया ज्ञानवती गोडिया र २ वर्षीय युवराज गोडिया प्रजाति नखुलेको च्याउ खादा बिरामी भई बिहीबार बर्दिया अस्पतालमा भर्ना भएको प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनुभयो ।प्रहरी उपरीक्षक पौडेलकाअनुसार दुई जनाको अवस्थामध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ ।