१५ असोज सुर्खेत । सुर्खेतमा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।भेरीगंगा नगरपालिका–५ स्थित बबई पुलबाटअस्थायी प्रहरी बिट बबईबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ ज ०८६१ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका–८ का ३० वर्षीय सन्तोष क्षेत्री र वीरेन्द्रनगर–६ का १९ वर्षीय मोहित रजुवारको साथबाट १२ पुडिया ब्राउन सुगर तथा नाइट्रोजेपाम र इस्पाइमो नामक ७२ वटा ट्याब्लेट बरामद गरिएको प्रहरीको भनाइ छ ।