१५ असोज काठमान्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले आफूसहित परिवारका झण्डै एक दर्जन सदस्यलाई क्षेत्रीय प्रतिनिधि बनाएको खुलेको छ । १५ औं महाधिवेशनअन्तर्गत नवलपरासी पश्चिम को रामग्राम नगरपालिका–९ को अधिवेशनबाट उनले आफ्नो परिवारबाट ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएको पाइएको हो ।

उनको परिवारबाट क्षेत्रीय प्रतिनिधि बन्नेमा उनीसहित चन्द्रशेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, बेदव्यास पाठक, विश्वभरप्रसाद पाठक र भोला पाठक रहेका छन् । २४ क्षेत्रीय प्रतिनिधिमध्ये ११ जना आफ्नै परिवारबाट राखेपछि काँग्रेसी नेताहरु असन्तुष्ट भएका छन् ।