१५ असोज काठमान्डौं । गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘चुलबुले नानी’ सार्वजनिक भएको छ। लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको गीतको भिडियोले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको निर्माण पक्षले जनाएको छ। ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको गीतमा आशिष अविरल र रचना रिमालको स्वर रहेको छ भने संगीत आशिष अविरलकै हो। गीतका शब्द रिमा श्रेष्ठले लेखेकी हुन्।

म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी तथा माधव ढुङ्गानाले सहायक कोरियोग्राफी गरेका छन्।