बर्दिया र कैलालीका उखु किसानले बाँकी रकम तत्काल पाउने

बर्दिया र कैलालीका उखु किसानले बाँकी रकम तत्काल पाउने

१५ असोज काठमाडौँ। बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ।कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी अघि बढाएको हो।बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले उखु किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

किसानको भुक्तानी प्रक्रियाबारे स्पष्ट पार्दै सचिव मिश्रले भने, ‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ।