१४ असोज काठमान्डौ । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । यही असोज २३ गते प्रदर्शनको तयारी गरिएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्ड बाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ यू प्रमाणपत्र प्राप्त गरिसकेको छ ।अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ ।

‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित यस चलचित्रको मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का रहेका छन् । उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।