२ म्याचको श्रृंखला क्लीन स्वीप

२ म्याचको श्रृंखला क्लीन स्वीप

१४ असोज काठमाडौं । भुटानको राष्ट्रिय टीममाथि गण्डकी ११ ले लगातार दोस्रो जित हासिल गरेको छ । आज भएको म्याचमा भुटानलाई गण्डकी ११ ले ६४ रनले हराउँदै दुई म्याचको श्रृंखला क्लीन स्वीप गर्यो ।

भुटानले टस जितेर गण्डकी ११ लाई पहिले ब्याटिङको निम्तो दिएको थियो । एक समय ४५ रनमा ४ विकेट गुमाएको गण्डकीले उत्कृष्ट कमब्‍याक गर्दै ७ विकेट क्षतिमा १९६ रन जोड्न सफल भयो ।